गोली काण्डमा संलग्न दुईलाई प्रहरीद्धारा पक्राउ

सर्लाही-
सर्लाहीको ईश्वरपुर नगरपालिकामा शनिबार राति भएको गोली काण्डमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । गोली काण्डमा संलग्न ईश्वपुर नगरपालिका–११ करमुहान निवासी २७ वर्षीय रञ्जित राय र ३२ वर्षीय उमेश साहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

ईश्वरपुर नगरपालिका–११ करमुहान निवासी ३५ वर्षीय राजेश साहलाई शनिबार राति ८ बजे गाउँ नजिकै गोली लागेको थियो । गोली लागेका साहले नै बोकेको पेस्तोल पक्राउ परेका रञ्जित रायले असावधानिकरुपमा चलाउँदा साहलाई नाइटो नजिक गोली लागेको प्रहरी जनाएको छ ।

पक्राउ परेका उमेश साह गोली लागेका राजेश साहका भाई हुन् । घटनामा प्रयोग भएको मेड इन युएसए ११७० लेखिएको ७।५ एमएम कैलिबरको पेस्तोल एक थान र दुई थान गोली, पेस्तोल प्रयोग हुने म्यागजिन एक थान ईश्वरपुर–११ करमुहानबाट खैरातर्फ जाने बाटोको झाडीबाट प्रहरीले फेला पारेको प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए । गोली लागेका साहको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *