मोरङको ५८ स्थानमा नयाँ सिसी क्यामेरा जडान

विराटनगर-

मोरङमा ५८ स्थानमा नयाँ सिसी क्यामेरा जडा गरिएको छ । प्रदेश सरकारको एक करोड एक लाख २८ हजार बजेटमा मोरङका ५८ स्थानमा क्यामेरा जडान गरिएको हो ।

विराटनगरको सिमावर्ती क्षेत्र रानीदेखि बजार र महेन्द्र राजमार्गमा पनि क्यामेरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार अपराधिक घटनाको अनुसन्धान र निगरानीकालागि जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय पथरी र बेलबारीमाबाट सीसी क्यामेराको मनिटरिङ हुनेछ ।

गत वर्ष सरकारले उपलब्ध गराएको बजेटबाट विराटनगर रानीदेखि ढाट, गछियादेखि बेलवरी र पथरीदेखि उर्लाबारी सम्म क्यामेरा जडान गरिएको छ । विराटनगर रानीदेखि ढाटसम्म ३२ वटा, इटहरीको बुढीखोलादेखि भाउन्ने सम्म १३ वटा र पथरीदेखि उर्लाबारी सम्म १३ वटा क्यामेरा जडान गरिएको छ ।

बिराटनगरको मुख्य बजार क्षेत्रमा पनि क्यामेराहरु जडान गरिएका छन् । तर निर्माणाधिन सडकका कारण विराटनगर क्षेत्रका क्यामेरा प्रयोगमा आएका छैनन् । प्रहरीले जिल्लाभरी जम्मा १५४ स्थानमा क्यामेरा मार्फत निगरानी गरिररहेको छ ।

महानगरमा सडक निर्माणका क्रममा तार चुटिएपछि पाँच वर्ष अघि मोरङ ब्यापार संघको समन्वयमा २३ स्थानमा जडान गरिएको सीसी क्यामेरा भने प्रयोगमा आएको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *