मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु ।

माघ २८ गते,सुनसरी –   सुनसरीको बराहक्षेत्र नगरपालिका ५ मा मंगलवार राती मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

राती साँढे ७ बजेको समयमा प्रदेश १-०२-०४३ प ८८२७ नम्बरको मोटरसाईकलले पैदल यात्री बराहक्षेत्र नगरपालिका-४ का ३९ बर्षीय महेन्द्र साहलाई ठक्कर दिंदा घाईते भएका साहको उपचारको क्रममा धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *