मोटरसाईकल चोरी गर्ने २ जना पक्राउ ।

माघ २९ गते,सुनसरी –  धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको हाता भित्र पार्किङ गरि राखिएको मोटरसाईकल चोरी गर्ने २ जनालाई प्रहरीले रङगेहात पक्राउ गरेको छ ।

अस्पताल एरियामा पार्किङ गरि राखिएको को ३५ प १२८९ नम्बरको मोटरसाईकल चोरी गरेर लाँदै गरेको भन्ने सूचना पाए संगै तत्काल अस्थायी प्रहरी पोष्ट घोपाबाट खटिएको प्रहरी टोलीले मोटरसाईकल चोरी गरी लाँदै गरेको अवस्थामा रामधुनी नगरपालिका-१ का १९ बर्षीय आकाश चौधरी र २० बर्षीय अम्बर चौधरीलाई पक्राउ गरेको हो ।
चोरी गरी लाँदै गरेको मोटरसाईकल सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *