जी.पी कोइराला फाउण्डेसनको कार्यसमीती अध्यक्ष्यमा जोशी मनोनित ।

चैत्र ८ गते,विराटनगर – लामो समय देखि नेपाली काँग्रेसको भात्रीय संस्था तरुण दल हुँदै हाल नेपाली काँग्रेसका नगर उपसभापती समेत रहेका प्रवीण जोशी, जी.पी कोइराला फाउण्डेसन विराटनगर महानगरको अध्यक्षमा मनोनित भएका छन् ।नगरको नौ सदस्य कार्यसमीतीका अध्यक्ष्यमा जोशी मानोनित भएका हुन् ।

सोही कार्यक्रममा बोल्दै मनोनित अध्यक्ष जोशीले फाउण्डेशनलाई सक्रिय रुपमा अगाडी बढाउदै लैजान आवश्यक पर्ने योजनाहरु निर्माण गरी फाउण्डेसनलाई अघि लैजाने प्रतिवद्धता गरेका छन् । जि.पी फाउण्डेसन पुर्व प्रधानमन्त्री गिरीजा प्रसादको सम्झनामा निर्माण गरीएको हो । पुर्व प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाको स्मृतिमा हुने कार्यहरुलाई प्राथमिकता साथ अघि बढाउन जि.पी फाउण्डेसन कार्यसमितीले मुख्य भुमिका खेल्ने छ । पहिलो पल्ट स्थापना गरीएको जिपी फाउण्डेसनको विराटनगरमा आयोजीत एक कार्यक्रमका विच फाउण्डेसनका प्रदेश १ का अध्यक्ष शैलेन्द्र शिवाकोटीले विराटनगर महानगर अध्यक्षमा जोशीलाई मनोनित गरे संगै आगामी कार्ययोजनामा समेत नयाँ कार्यसमती लागी परेको नव मनोनित अध्यक्ष जोशीले बताए ।

समितीमा उपाध्यक्ष अरूण खेतान,सचिव प्रकाश साह,सहसचिव लिला ढुङ्गेल,कोषाध्यक्ष प्रिति कोइराला , सदस्यहरूमा सुजन निरौला ,रियाज अहमद,दिपक भट्टराई ,शिरोमणी भट्टराई मनोनित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *