नक्कली औषधी बिक्री वितरण गर्ने दुईजना सार्वजनिक

विराटनगर : मोरङ प्रहरीले कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने ‘रेमडीसिविर’ नामक औषधीको नक्कली भाइल तयार गरी बिक्री वितरण गर्ने दुईजनालाई सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार विराटनगर महानगरपालिका–४ स्थितमा नोवेल मेडिकल कलेज अगाडि रहेको साथी मेडिकल औषधि पसल संचालन गर्दै आएका विराटनगर–१० अशोकचोकका २६ वर्षीय सोनु आलमलाई पक्राउ गरिएको हो ।

आलमले ज्वरो आउँदा प्रयोग गरिने ‘स्टासेफ’ नामक औषधीको भाइलमा रेमडीसिविरको लेबल टा“सेर अत्याधिक मुल्यमा बिक्री गर्दै आएको खुलेको छ ।

प्रहरीले विशेष सूचनाका आधारमा अनुसन्धान अघि बढाउँदा आलमको औषधी पसलबाट ‘स्टासेफ’ औषधी ४ बट्टा र नक्कली रेमडीसिविर १ बट्टा बरामद गरेको जनाएको छ ।

९० रुपैयाँ पर्ने एउटा भाइल (सीसी) स्टासेफलाई आलमले रेमडीसिविरको नक्कली स्टिकर टा“सेर ८ हजार रुपैयाँ सम्ममा बिक्री गर्ने गरेको खुलेको छ ।

उनले त्यसरी टाँस्ने नक्कली लेबल भारतको पटनाबाट आयात गर्ने गरेको पनि प्रहरीले अनुसन्धानबाट खुलेको जनाइएको छ । त्यसरी नक्कली स्टिकर ल्याउने कार्यमा विराटनगर–१६ रानीका २३ वर्षीय श्रवणकुमार यादव रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *