चर्को मुल्यको सिकार बन्न बाध्य उपभोक्ता , खै, अनुगमन

दोश्रो लहरकोरुपमा आएको कारोना भाइरसले नेपाली समुदायमा दिन प्रतिदिन आफ्नो प्रभाव बढाइरहेको बेला कालोबजारी हरुले मौका को फाइदा उठाउन थालेका छन् । १० दिन अघि ९० रुपैयाँ मा पाइने मास्क अहिले २सय ५० रुपैयामा कारोबार हुन थालेका छन् भने , तिन लेयर ले बनेको मास्कको रकम प्रति होलसलेल पिस २ रुपैयाँ रहेको मास्को मुल्य अहिले ५ रुपैयाँ ९० पैसा मा बिक्री हुने थालेको छ । त्यस्तै सेनिटाइजर ग्ल्वस को मुल्यपनी ब्यापारी हरुले आकाशीदो रुपमा बढाएको पाउन सकिन्छ ।
एकय पिस रहेको ग्ल्बसको बक्स ५ सयमा कारोबार हुने गरेको थियो तर अहिले ९सय देखि १ हजार रुपैयाँ सम्ममा कारोबार हुने गरेको छ । यी त भए स्वास्थय लाई सुरक्षा गर्न प्रयोग गरीनो सामाग्रीहरुको कालोबजारी भई हाल बिक्री भइरहेका मुल्य । तर दैनिक उपभोग्य बस्तुको समेत मुल्य आकाशिएको छ । बजार अनुगमन गर्नु पर्ने निकायले अनुगमन नगर्दा कालोबजारी गर्ने कारोबारी हरुको मानेबल उच्च भएको पाइन्छ । चोरपुलीसको खेल खेलीरहेको प्रहरी र स्थानिय ब्यापारी हरुले क्षणभरमै सटर बन्द गर्ने र खोल्ने खेलको पछाडि उपभोक्ता लाई भने चर्को मुल्यमा सामाग्री खरीद गर्नु पर्ने बाध्यता यथावत छ । मोरंग प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कालोबाजारी गर्नेलाई कदापी नछाड्ने बताइरहँदा बिराटनगरकै मार्केटमा कालोबजारीहरुले उपभोक्ता लाई लकडाउनको बाहाना बनाएर महंगोमा सामाग्री खरीद गर्न बाध्य बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *