हामी खराब अवस्थामा छौं !

हामी अहिले निकै नै खराब अवस्थामा छौं ! चुनौतीहरु धेरै छन् यो जोखिमबाट छुट्कारा पाउन ! अस्पतालका शैयाहरु पूर्णरूपमा भरिएका छन् , अक्सिजन नपाएकै कारण ज्यान पनि गुमाईरहेकाको छन् भन्नुको मतलब उपचार पाउन निकै कठिन छ ! सिमित स्रोत साधनहरुले भएपनि आफ्नो कार्यहरु निरन्तर रुपमा जारी राख्न स्वास्थ्यकर्मी देखि सुरक्षाकर्मी हुँदै सफाईकर्मी लगायत सम्पूर्ण लागि परिरहेकै छन् । कुनै व्यक्ति आफ्नै अाँखा अगाडि छटपटिएर त्यो पनि आफ्नो धर्म निभाउन सिमित स्रोत साधनका कारण बन्देज लगाईएको हुनाले मृत्यु हुनु भन्दा कहालीलाग्दो केही हुन सक्दैन अझ कसैको अन्तिम संस्कारमा सो व्यक्तिको परिवारलाई सम्मिलित गर्न नपाउनुले त्यस कार्यमा लागिपरिरहेकामा खिन्नता महसुस दैनिक रुपमा भईरहेको छ ।

लेखक गौरब भटराई
लेखक गौरब भटराई

अझ झन् नजिकै बाट हेर्ने हो भने परिवारमा हुने पिडा हामीले देखिरहेकै छौँ भोगिरहेकै छौ ! एक परिवारको व्यक्तिको जीवनको अन्तिम अवस्थामा पनि उसको साथमा नहुन सक्नुले जिन्दगी भरि पीडा दिईरहन्छ नै ! हामीले चाहेर पनि मन भारी गर्दै परबाट‌ै उनीहरुको मृत्युुलाई हेर्न बाध्य छौँ ! अवस्था यस्तो भैसकेो छ कि नेता देखि ठूला पदमा आशिन व्यक्ति हुँदै अब त साधरण व्यक्तिसँग पनि अस्पतालमा शैया उपलब्ध गराउन, अक्सिजन सिलिन्डर व्यवस्थापन गर्न, आदिका लागि दैनिक रुपमा कयौं आग्रहहरु आईरहेको पाईएको छ ! कसैले गरेको आग्रहलाई आफ्नो क्षमताले भ्याएसम्म प्रयासहरु गर्दागर्दै पनि त्यसलाई पूरा गर्न नपाउँदा चसक्क भई नै हाल्छ, अझौ कतिपय घटना त यस्तो भईदिन्छ कसैको ज्यान बचाउनका लागि पनि आफूलाई गरेको विश्वासलाई मूर्तरूप दिन नपाउँदा आफैले आफैंलाई धिकार्नु बाहेकको विकल्प रहदैन ! हिजोसम्म चुनावमा भोट माग्दा “उपचार नपाएर तपाईं मर्नुहुन्न” भन्नेहरु पनि अहिले आएर अस्पताल कतै खाली छैन, अक्सिजन त रितियो अरे त्यहाँ भन्दा भन्दा आजित मात्र होइन उनीहरुले लज्जित पनि भैसकेको छन् !

उनीहरूको लज्जा र ग्लानी एकतिर छ भने ठूलाठूला व्यक्तिको त पहुँचमा केही छैन भने हामी सर्वसाधारणको पहुँचले त भ्याउने कुरै भएन भन्ने चिन्ता पनि त्यतिकै छ । अवस्था यस्तो भयावह भैसकेको छ कि दुखका साथ भन्नुपर्दा पैसा छदै छ नि पैसा भएसी त उपचार पाईहाल्छ नि भन्नेहरु पनि उपचार नपाएर मर्ने अवस्था आएको छ ! अवस्था निकै नै जटिल छ, यसलाई परास्त गर्न हामीमा जुन आत्मविश्वास विगतका दिनमा थियो त्यो पनि दिन प्रतिदिन घट्दो अवस्थामा छ । हामी माथि हाम्रोपन निकै नै भारी साबित तुलिरहेको छ । हिजोका दिनमा भएका लकडाउनको पालना गरेको भए ? , त्यो भिडभाडमा नगएको भए , सुरक्षा मापदण्ड पालना गरेको भए ?अादि ईतियादि अनेकौं संक्रमण भित्र्याउने कार्यमा सम्मिलित नभएको भए आज मलाई यो बित्ने थिएन भन्नूबाहेक अरु विकल्प हामीसँग कुनै पनि नहुने अवस्था अाईरहेको छ । यो अवस्था श्रृजना गर्न प्रत्यक्ष रुपमा होस् या अप्रत्यक्ष रुपमा हाम्रो संलग्नता उच्च नै थियो । हामी यति लाचारी बन्यौ कि हामीले हाम्रो कर्तव्य पूरा गर्न त सकेनौं बाँकी त कुरै छोडौँ ।

दैनिक रुपमा समचार सुन्दा त झन् हाम्रो मुटुले ठाउँ छोडिरहेको छ तर हामीले आतिएर वा तनाव लिएर भै परि आएको प्रतिकुल अवस्था नटर्ने पनि हामीले बुझ्नु पर्ने हुन् ! हिजो का दिन के भयो भन्दै पुरपुरामा हात लाउने त ? त्यसो गर्दा संकट टर्छ त? पक्कै पनि टर्दैा त्यसैले अब पनि हामीले हाम्रोपनलाई सहि दिशानिर्देश गर्न सकेनौं भने आफ्नो मृत्युको कारक आफैं हुनेछौं । त्यसैले हामीले राज्यप्रति कर्मनिष्ठ हुँदै सरकारले भनेका कुराहरूको सहि ढंगले पालना गर्नु नै अन्तिम र उचित विकल्प रहेको छ । हामीले महसुस गरेकै हो हिजो लकडाउन गर्नाले हामी केही हदसम्म भएपनि जोगिईका थियौं भनेर, त्यसैले यो निषेधाज्ञा पनि हाम्रै लागि हो भन्ने बुझौं ।

हामीले रोगसँग लड्नका लागि भएपनि नुनु र भात खाएरै पनि भोलीका दिनमा मिठा मसिना खाने दिन थाती राख्न सक्छौं । यो रोगमा हामीले जति सक्दो यस समाजबाट भौतिक रुपमा टाढा भएर नै यश महामारीको अवस्थालाई परास्त गर्न सक्छौ । त्यसैले घरमा बसौं सुरक्षित रहौँ । हाम्रो आजले हाम्रो भोलि पक्कै निर्माण गर्ने नै छ । बिगतका सबै गल्तीहरुलाई अात्मासात् गर्दै आफ्नो जीवनमात्र नभएर सबैको जीवन जोगाउने एक “रक्षक” बनेर केहि समयका लागि घरमै लकडाउन भएर बसौँ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *