खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते

भोजपुर / भोजपुरमा खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् ।

पौवादुङ्मा गाउँपालिका– ४ का २९ वर्षीय योगेन्द्र कार्की खुकुरी प्रहारबाट शनिवार राति गम्भीर घाइते भएका हुन् ।

पौवादुङ्मा गाउँपालिका–६ ठुलो दुङ्ममा टिउसन पढाउन गएको अवस्थामा योगेन्द्रलाई एक जनाले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको बताइएको छ ।

घाइते कार्कीलाई छिमेकीले उद्धार गरी उपचारको लागि प्राथामिक स्वास्थ्य चौकी मानेडाँडातर्फ पठाइएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङ र प्रहरी चौकी बास्तीबाट खटिएको प्रहरीले घाइतेलाई सामान्य उपचारपश्चात थप उपचारको लागि नोबेल अस्पताल विराटनगरतर्फ पठाएको छ ।

घटनाको अनुसन्धानको क्रममा एक जनालाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *