वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीबाट निस्काशन

काठमाडौं / नेकपा एमालेको स्थायी समिति बैठकले पार्टीका वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीबाट निस्काशन गरेको छ।

उनीहरुलाई एमालेको साधारणसदस्य समेत नरहने गरी निस्कासित गरिएको हो।  १२ जनालाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

एमालेले उनीहरुलाई स्पष्टीकरण सोधेको थियो । उनीहरुले जवाफ नै दिएका थिएनन् । जवाफ नआउँदै निस्कासित गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *