बिराटनगरमा एक महिला को शब भेटियो

विराटनगर, ११ जेठ । विराटनगरमा मंगलबार दिउँसो एक महिलाको शव मृत अवस्थामा फेला परेको छ । विराटनगर–३ घर भएकी ४३ वर्षिय सुमित्रा खतिवडा मृत अवस्थामा विराटनगरस्थित सिंघिया खोलामा डुवेको अवस्थमा शव मंगलबार दिउँसो ३ बजे भेटिएको प्रहरीले जनाएको छ ।

 

उनको  घटनास्थलमा अहिले मोरङ प्रहरीको अनुसन्धान टोली पुगेको छ । को बिषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

उनले मृतक महिला डिप्रेसनको औषधी सेवन गर्दै गरेको र शरिरमा पनि कुनै निलडाम नरेहेकाले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको बताए । मतकका विषयमा पोष्टमार्टम पछि घटनाबारे थप खुले उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *