कांग्रेसले पदाधिकारी बैठक भोलि

समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा भोलि बुधबार बिहान ९ बजे पदाधिकारी बैठक बोलाइएको हो ।समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको सहमहामन्त्री डा. प्रकाशशरण महतले लोकान्तरलाई जानकारी दिए ।सभापति देउवालाई नेपालको संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी गठबन्धनका बहुमत सांसदले सोमवार सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् ।

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन समेत कोरोना भाइरस संक्रमणको महामारी र राजनीतिक तरलताले प्रभावित हुँदै गएका बेला बैठकमा छलफल हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *