सुनसरीमा बृद्धभत्ता लिनगएका बृद्धको लडेर मृत्यु

सुनसरी, १३ साउन । बर्जु गाउपालिकामा एकजनाको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु ६ का ६८ वर्षीय खटर मण्डल रहेको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो १ बजे ६ नम्बर वडा कार्यालयमा बृद्धभत्ता लिन गएका मण्डल वडा कार्यालय अगाडी रहेको बन्द चिया पसलको बेन्चमा बस्ने क्रममा लडेर बेहोस भएका थिए ।

घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय चिमडीबाट गएको प्रहरी टोलीले उनलाईलाई उपचारको लागी कोशी अस्पताल विराटनगर पठाएको थियो ।

मण्डलको उपचारकै क्रममा दिउँसो पौने ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *