भोल्टेज नपुग्दा स्थानियहरू समस्यामा

साउन । बेलका नगरपालिकामा विद्युत्मा भोल्टेज नपुग्दा स्थानियहरू समस्यामा परेका छन् । सम्बन्धित निकायलाई बारम्बार जानकारी गराँउदा समेत विद्युत् शाखाले दुईबर्ष देखि आलटाल गर्दै आइरहेको छ ।

विद्युतमा भोल्टेज नहुदाँ गर्मीको समयमा समस्या भएको बेलका ३ का नवराज घिमिरेले बताए । उनले भने, ‘आफ्नै पैसाले विजुलीको तार किनेर विस्तार गर्यौँ, भोल्टेज नआएर छोराछोरी पढाउन समेत समस्या भएको छ ।’

रामपुर बजारको मुख्य सडकमा जडान गरिएको सैर्य उर्जाको पनि उस्तै हाल छ । सडकमा सोलार बत्ति त छ तर बिग्रिएको महिनौ वितिसक्दा पनि नगरपालिकाले मर्मतमा चासो देखाएको छैन् । यस विषयमा पनि बारम्बार जानकारी गराउदाँ समेत नगरपालिकाले बेवास्ता गरेको स्थानियले बताए ।

लामो समयसम्म विद्युत् सहज रुपमा आपुर्ती नभएपछी ठोक्सिला टोल विकासका युवाहरूले आफ्नै पहलमा गाँउमा बत्ति जडान गरेका छन् । एक घर एक सडक बत्ति राख्ने उनिहरूको योजनाअनुसार स्थानियहरूले समेत उत्त कार्यमा समर्थन गरे ।

सडकमा बत्ति जडान गर्नाले चोरी डकैती र बिषालु जनावारको टोकाइ कमभएको स्थानिय समाजसेवी साथै सडक बत्ति बिस्तारका अभियन्ता मनोज आचार्यले बताए ।

टोलविकासले कसैको घर अगाडीको सडक बत्ति बिग्रिए तुरुन्त नयाँ बत्ति समेत लगाइदिने गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *