‘बोकेदाह्री…’ को नयाँ गीत ‘केराको थम्बा…’ सार्वजनिक

लोकपृय हास्य-व्यङ्ग्य गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री…’ को नयाँ गीत ‘केराको थम्बा…’ सार्वजनिक भएको छ । लुइँटेलकै शब्द, सङ्गीत रहेको गीतको भडियो सार्वजनिक भएको हो ।

भिडियो बोकेदाह्री मिडिया अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतमार्फत मनोरञ्जनका साथै सन्देश समेत दिन खोजेको लुइँटेल बताउनुहुन्छ ।

प्रतीक श्रेष्ठको छायाँकनमा बनेको सो गीतको भिडियोमा गायक बोकेदाह्रीका साथै केशव रायमाझी, कल्पना पाण्डे, प्रतीक श्रेष्ठ, सङ्गीता यादव, कृष्ण सुवेदी, रुविना गहतराज, भरत पोद्दारलगायतको अभिनय छ । गीतको भिडियोलाई केशव रायमाझीले निर्देशन गर्नुभएको हो ।

लुइँटेलका यस अघीका ‘झापा सुरुंगा’, ‘तेरो बाउ थोते’, ‘बाँके बर्दिया’, ‘ए बाउ किन्देउन भटभटे’लगायत दर्जनौं हास्य गीतहरू सर्वाधिक लोकपृय रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *