वीर अस्पतालभित्र स्वास्थ्यकर्मी र प्रहरीबीच झडप, चार घाइते ।

वीर अस्पतालका आन्दोलनरत स्वास्थ्यकर्मी, कर्मचारी र प्रहरीबीच झडप भएको छ ।  उक्त झडपमा परि४ जना घाइते भएका छन् ।

अस्पतालको प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमविरुद्ध स्वास्थ्यकर्मी र कर्मचारीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो ।
प्रदर्शनमाप्रहरीले लाठीचार्ज गर्दा आन्दोलनरत स्वास्थ्यकर्मी तथा कर्मचारी घाइते भएका हुन् ।

सरकारले कोभिड १९ नियन्त्रणसम्बन्धी अध्यादेश ल्याई वीर अस्पताललाई कोभिड युनिफाइड अस्पताल बनाउने घोषणा गरी डा। गौतमलाई प्रमुख नियुक्त गरेता पनि अस्पतालको सेवामा कुनै सुधार नभएको बरु आर्थिक अनियमितता भएको भन्दै स्वास्थ्यकर्मी र कर्मचारी प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले आठ महिनादेखि कोभिड–१९ जोखिम भत्ता लगायतका विभिन्न भत्ता नपाएको पनि कर्मचारीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *