धरान –
प्रदेशस्तरीय यु–१४ प्रथम एन्फा एकेडेमी कप फुटबल प्रतियोगितामा एन्फा केडेमी धरान र महेन्द्र मेमोरियल फुटबल एकेडेमी सेमिफाइनल प्रवेश गरेका छन्।
धरान–१७ स्थित एन्फा एकेडेमीको मैदानमा आइतबार भएको पहिलो खेलमा एन्फा एकेडेमी धरानले उदयपुरलाई ३–० गोलअन्तरले हरायो। एन्फा धरानको जितमा सोहन सोताङ, असिमजंग कार्की र विश्वास ओझाले गोल गरे। खेलको म्यान अफ द म्याच धरानका युनिस बुढाथोकी ठहरीए।
यस्तै, दोस्रो खेलमा महेन्द्र मोमोरियलले धरान फुटबल क्लब एकेडेमीलाई २–० गोलअन्तरले हराउँदै सेमिफाइनल यात्रा तय ग¥यो। महेन्द्र मेमोरियलका लागि पहिलो गोल सुजन सरदारले पेनाल्टीमार्फत गरेका थिए। यस्तै, दोस्रो गोल योगेश विष्टले गरे भने सो खेलको म्यान अफ द म्याच महेन्द्र मेमोरियलका अभिषेक गुरुङ भए।
प्रतियोगितामा सोमबार अन्तिम क्वार्टरफाइनल खेल एम्ब्रीय एकेडेमी मोरङ र मेची नेत्रालय झापाबीच हुनेछ। प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार पुरस्कार पाउनेछन्।
Comments