गोल्डेन अस्पताल तोडफोड

गोल्डेन अस्पतालको आइसीयुमा भर्ना भएका मोरङको धनपालथान गाउँपालिका–६ का अमहद हुसेनको राती साढे ९ बजेतिर मृत्यु भएकापछि उनका आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । अहमदको मृत्यु खबर सार्बजनिक भएलगत्तै केही व्यक्तिहरु अस्पताल भित्र प्रवेश गरेर तोडफोड गरेको अस्पतालका प्रशासकिय अधिकृत सन्तोष मेहताले  जानकारी दिए ।
उनका अनुसार  हुसेनको शरीरमा सुगर, लो बिपि,किड्नी फेल र मलद्वारमा घाउ देखिएको थियो । चिकित्सकको टोलिले हुसेनको शरीरमा ‘मल्टिपर अर्गेन फेलर’ देखिएको प्रशासनलाई बताएका थिए । उपचारकै क्रममा रहेको हुसेनको साढे ९ बजेतिर मृत्यु भएको थियो । हुसेनको मृत्युपछि आक्रोशित बनेका आफन्तहरूले अस्पतालमा अन्धाधुन्ध तोडफोड गरेका छन् ।

उनीहरुले अस्पतालको काउण्टरमा तोडफोड गर्दै काउन्टरमा कार्यरत कर्मचारी र सुरक्षा गार्डलाई कुटपिट समेत गरेको अस्पतालका प्रशासकिय अधिकृत मेहताले आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *