गणतन्त्रविरुद्ध हुने अराजक र प्रतिक्रियावादी प्रवृत्तिको प्रतिकार गर्न युवा विद्यार्थीलाई आह्वान

काठमाडौं –
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)अध्यक्ष पुष्पकमल दाहालले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने अराजक र प्रतिक्रियावादी प्रवृत्तिको प्रतिकार गर्न युवा विद्यार्थीलाई आह्वान गरेका छन् । पार्टी नेता पोष्टबहादुर बोगटीको पाँचौं स्मृति दिवसका अवसरमा आज धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले अराजकतावादीविरुद्ध सजग रही प्रतिकार गर्नुपर्ने बताएका हुन् ।

उनले सात दशक लामो संघर्षबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रलाई कलिलोमा नै मार्न सकिने भ्रम नपाल्न पनि आग्रह गरे । अध्यक्ष दाहालले ‘हत्केलाले सूर्य छेक्ने दुस्साहस गरेपनि त्यो सम्भव नहुने दावी पनि गरे ।

उनले समृद्धि र विकासको प्रक्रियाबाट समाजवादको आधार तय गर्ने प्रक्रिया चुनौतीपुर्ण रहेको पनि उल्लेख गरे । अध्यक्ष दाहालले कार्यकर्तालाई आन्दोलनको उपलब्धीको रक्षा गर्दै पार्टीलाई जनताको भरोसा जित्न सक्ने बनाउने अभियानमा जुटन पनि आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *