आगामी सोमबारसम्मै पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन मौसमविदको अनुरोध ।

मनसुन न्यून चापीय रेखा नेपाल नजिकै सरेकाले सोमबारसम्मै ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

मौसमविदका अनुसार मनसुन न्यून चापीय रेखा बुधबार साँझदेखि नेपाल नजिक छ । त्यसैले हाल देशभर बादल लागेको छ र प्रदेश नं। १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसमविद समिर श्रेष्ठका अनुसार ‘यसको प्रभाव आगामी आइतबार,सोमबारसम्मै रहनेछ ।’ उनले एकै ठाउँमा लगातार ठूलो पानी पर्ने नभइ फरक-फरक दिन र स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको बताए । यस्तो क्रम आगामी एक सातासम्मै रहने उनले बताए ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको तीन दिनको मौसमी पूर्वानुमान बुलेटिनमा लेखिएअनुसार आगामी चौबिस घण्टाको अवधिमा प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ । पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम समेत रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *