अस्थायी शिक्षकहरुलाई सेवाबाट नहटाई काम गर्ने अवसर दिनुपर्ने माग राख्दै मुख्यमन्त्री कार्यालय घेराउ

विराटनगर:

अस्थायी शिक्षकहरुलाई पुर्ववत रुपमा उमेरको हदसम्म सेवाबाट नहटाई काम गर्ने अवसर दिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका पुर्ब अस्थायी शिक्षकले मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन् । मुख्यमन्त्री कार्यालयमा काम रोक भन्दै धर्ना दिन पुगेका शिक्षकहरुलाई प्रहरी हटाएको छ ।

अस्थायी, करार शिक्षक संघर्ष समिति प्रदेश नम्बर १ ले सोमबार विहान विराटनगरमा रहेको मुख्यमन्त्री कार्यालयमा धर्ना दिन पुगेका शिक्षकहलाई प्रहरीले हटाएको हो ।

रोजगारी खोस्न नपाउने संवैधानिक व्यवस्थाअनुसारआफूहरुलाई स्थायी गराउने उपयुक्त कानुनी व्यवस्था गर्न माग गर्दै सरकारलाई दवाव दिन धर्ना दिईएको संघर्ष समितिका संयोजक कपलेश्वर मण्डलले जानकारी दिएका छन ।

विगत लामो समयदेखि रोजगारीको ग्यारेन्टीको माग गर्दै आन्दोलनरत अस्थायी करार शिक्षकहरुले सरकारलाई दबाब दिदै आएका छन् । रोजगारी खोस्न पाईदैन, आई एल लो सन्धि कार्यान्वयन गर्न दवाव दिँदै आएका हुन ।

संघर्ष समितिले विगतमा गरिएको सहमति अनुसार आफूहरुलाई आन्तरिक परीक्षाबाटै स्थायी गराउने व्यवस्था गर्न पटक पटक परीक्षाको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउदै आएका छन् ।

अस्थायी तथा करारमा रहेका शिक्षकहरुले आफूहरुलाई स्थायी गर्न माग गर्दै पटक पटक प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको तर आफूहरुको मागको सम्बोधन नभएपछि धर्ना दिन बाध्य भएको उनिहरुको आरोप छ

उनीहरुले माग सम्बोधन नभएसम्म सम्बन्धित निकायमा धर्नालगायतका आन्दोलनको कार्यक्रम जारी राख्ने अस्थायी करार शिक्षकहरुले चेतवानी दिएका छन् । उनीहरुले शान्तिपुर्ण धर्ना दिन लाग्दा प्रहरीबाट दुव्र्यबार भएको समेत अस्थायी शिक्षक संघर्ष समितिका सचिव बिरेन्द्र दासले आरोप लगाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *