आलमको थुनाबाट छुट्न पाउनुपर्ने निवेदन “हेर्न नमिल्ने” ।

रौतहटमा बम विस्फोट गराएको र त्यसबाट व्यक्ति हत्या गरेको आरोपमा थुनामा रहेका कांग्रेस पूर्वमन्त्री मोहम्बद आफ्ताव आलमको निवेदन हेर्न नमिल्नेमा परेको छ ।

आफू थुनाबाट छुट्न पाउनुपर्ने भन्दै कांग्रेस पूर्वमन्त्री मोहम्बद आफ्ताव आलमले दिएको निवेदनमा शुक्रबार सुनुवाइ नहुने भएको छ ।

उनको निवेदन न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र कुमार चुडालको इजलासमा परेको थियो ।
उनी २७ चैत २०६४ मा रौतहटमा बम विस्फोट गराएको र त्यसबाट व्यक्ति हत्या गरेको आरोप लागेर हाल थुनामा छन् । उनलाई थुन्नुपर्ने भनी जिल्ला अदालत रौटहटले दिएको आदेश उच्च अदालतले पनि सदर गरेको थियो ।

त्यही आदेश विरुद्ध आलम सर्वोच्च अदालत पुगेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *