नदीको बाँध भत्किँदा सप्तरीमा १ सय ५० घर डुबानमा ।

जीता नदीको बाँध भत्किँदा सप्तरीमा १ सय ५० घर डुबानमा परेको छ ।

निरन्तरको वर्षाका कारण तिलाठी-कोइलाडी गाउँपालिकास्थित वडा नम्बर-५ को बर्साइनस्थित दलित बस्तीमा बाढी पसेको हो।

बाढीले एकैगाउँका १ सय ५० घर डुबानमा परेको गाउँपालिकाका विपद् व्यवस्थापन संयोजक राजेश झाले जानकारी दिए ।सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा न.–५ मा जिता नदीको पश्चिमी तटबन्ध भत्किँदा १ सय ५० घर जलमग्न हुदा दुईवटा घर भत्किएका छन् ।

आज बिहान उक्त वडास्थित पश्चिमी तटबन्ध भत्किएको हो । बिहानैदेखि जिता नदीमा पानीको बहाब उच्च रहेको थियो ।गाउँपालिकाको विपद् व्यवस्थापन शाखा प्रमुख राजेश कुमार झाका अनुसार तटबन्ध भत्किएर नदी बस्तीतर्फ सोझिएको छ । जिताको पानी खंग टोल, सरदार टोल र राम टोलका १ सय ५० घरमा पसेको झाले बताउनु भयो । उहाँका अनुसार दुईवटा घर समेत भत्किएका छन् ।

बस्तीमा पानी पसेपछि स्थानीय बासिन्दा त्रसित छन् । उनीहरूलाई पशुचौपाया र सम्पत्ति जोगाउन मुस्किल रहेको छ । बाँध भत्किएर बस्तीतर्फ सोझिएपछि गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहसहितको टोली प्रभावित बस्ती पुगेको छ । यता अध्यक्ष सिंहले प्रभावितहरूको व्यवस्थापनका लागि तत्काल काम सुरु गरिएको बताउनु भयो ।
उहाँले क्षतिको विवरण संकलन भइरहेको जानकारी दिनुभयो ।

उनका अनुसार मंगलबार बिहान नदीको पश्चिमी तटबन्ध भत्किँदा बाढी सिधै बस्तीमा पसेको छ । बाढी बस्तीमा पसेपछि गाउँपालिका अध्यक्ष सतिष सिंहसहितको टोली त्यसतर्फ गएको झाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *