कतार जेलबाट एक नेपाली, नेपाल आए

साउदि सम्बाददाता, राजन बिष्ट :
तिनमहिना अघि कतारको जेलमा परेका बिनोद रानाभाट नेपाल फर्केका छन् । ज्यानमारेको अभियोगमा उनलाई कतार प्रहरीले पक्राउ गरी मुद्धा चलाएको थियो । ब्लड मनी माग गरेको भएपनी उनलाई कतार सरकारले निर्दोष सावीत गरेपछि उनी रिहा भएका थिए ।

उनलाई छुटाउनका लागी बिभिन्न समाजसेवी हरुले बिनोद बचाउ अभियान चलाएर बिभिन्न देश तथा बिदेश बाट उनलाई कतार सरकारले मागेको ब्लडमनी ८२ लाख रुपैयाँ तिर्न जम्मा गरेका थिए । उनलाई बचाउनका लागी बिभिन्न स्थान हरुबाट

एक महिनामा एक करोड २१ लाख ४८ हजार रुपैयाँ उठेको थियो । ब्लडमनी उठाएपनी कागजी प्रक्रीया पुर्याउन समय लागेको थियो ।
कतार जेलमा रहेका २१ बर्षीय बिनोदको बारेमा सामाजीक संञ्जालमा आवाज उठेपछि वरिष्ठ सामाजिक अभियन्ता  इशा गुरुड्ं ,हेम थापा, ज्वाला संग्रौला को अगुवाईमा आर्थिक रकम तिन हप्तामा उठाएको थियो तर भारतीय परीवारको एक ब्याक्ति को मृत्यू हूँदा रानाभाट माथि हत्याको आरोप लागेको बिषयमा कागजी प्रक्रीया पुर्याउ समस्या भएको भियन्ता  इशा गुरुड्ं भनाइ छ । कतार अदालतले अक्टोबर १६मा उनलाई रिहा गरेको हो । बिनोद रानाभाट बजाउ अभियानमा आर्थीक रकम को बिषयमा बिभिन्न बिवाद उठ्दा समस्या सिर्जना भएको भएपनी उठेको रकम अहिले चितवन रहेको संस्थाको खातामा छ ।

कतार सरकारलाई ८२ लाख रुपैयाँ धरौटि तिर्नुपर्ने भनिएपनी कतार सरकारले उनलाई निर्दोस सावीत गरेपछि उक्त रकम खर्च भएको छैन । अहिले उक्त रकम चितवन मा रहेको संस्थाको खातामा रहेको छ ।

पछिल्लो समय बिदेशमा नेपाली हरु बिभिन्न देशमा ब्लडमनी तिर्न नसक्दा अझै जेल जिबन बिताउन बाध्य छन् तर सामाजीक संञ्जालको प्रयोगले गर्दा आर्थीक रकम संकलन गरी जिबन दान गर्ने त्यस्ता नेपाली हातहरुलाई सलाम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *