प्रदेश १ मा सार्वजनिक सवारीको भाडा बढ्यो ।

प्रदेश १ सरकारले प्रदेशस्तरमा चल्ने सार्वजनिक सवारीको भाडा बढाएको छ । प्रदेश-१ को भौतिक पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक सवारीको भाडा २३ प्रतिशतसम्म बढाएको हो ।

यात्रुबाहक सवारीको भाडा २२ प्रतिशत बढाएको प्रदेश सरकारले पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा पनि १६.५ प्रतिशत बढाएको छ । तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा भने २३ प्रतिशत बढाएको छ ।

संघीय सरकारले गत असार २९ गतेबाट लागू हुने गरी २८ प्रतिशतसम्म लामो दूरीमा चल्ने (अन्तरप्रदेश) सवारीको भाडा बढाएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *