नेपालको र इजरायलको सहकार्यलाई थप प्रभावकारी बनाउन समझदारीपत्रमा हस्ताक्षर ।

नेपालको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय र इजरायलको सबैभन्दा ठूलो विश्वविद्यालय तेल अभिभ विश्वविद्यालयबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल-ईजरायलबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा हुँदै आएको आपसी सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले यी दुई विश्व विद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको इजरायलका लागि नेपालकी राजदूत डा.अन्जान शाक्यको जानकारी दिइन् ।

इजरायलको तेल तेल अभिभ विश्वविद्यालय परिसरमा आयोजित संक्षिप्त कार्यक्रमकाबीच भएको उक्त समझदारीपत्रमा नेपालको तर्फबाट त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रोफेसर डाक्टर शिवलाल भुसाल र इजरायलको तर्फबाट तेल तेल अभिभ विश्वविद्यालयकी उपकुलपति प्रा. मिलेट समिरले भर्चुअल माध्यमबाट हस्ताक्षर गरेको शाक्यले जानकारी दिइन् ।

‘कूटनीतिक सम्बन्धको ६ दशक पूरा हुँदासम्म दुई देशबीच सदैव अटूट र सुमधुर रहिआएको सम्बन्ध पछिल्ला दिनहरूमा विभिन्न क्षेत्रमा विस्तार हुँदै गएकोमा खुशी लागेको छ,’ शाक्यले भनिन्, ‘समझदारीपत्रमा हस्ताक्षरसँगै अनुसन्धानमुलक, आधुनिक र नवीनतम शिक्षाका लागि ठूलो उपलब्धी हुने अपेक्षा लिएका छौँ । यो सम्झौताले दुई विश्वविद्यालय र अन्तर्गतका संकाय र विभागबीच आपसमा अध्ययन–अनुसन्धानमा पनि ठूलो सहयोग पुग्ने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *