प्रमुख तीन शिर्ष नेताहरुबिच बालुवाटारमा भेटवार्ता ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ दल दर्ताको प्रक्रियामा रहेको नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान झण्डै पौने एक घण्टा उहाँहरु बीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालय श्रोतले जनाएको छ ।

भेटका क्रममा मुलुकको समसामयिक राजनीति र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको सचिवालय श्रोतले जनाएको छ । सरकारले अस्ति मङ्गलबार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै नेकपा (एमाले) विभाजन भएर नयाँ दल दर्ता प्रक्रिया शुरू भएपछि तीन शीर्ष नेताबीच आज भेटवार्ता भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *