अमेरिकाले अगष्ट अन्तिमसम्ममा आफ्ना सबै नागरिक फिर्ता लाने ।

अमेरिकाले अफगानिस्तानमा रहेका आफ्नो सबै नागरिकलाई स्वदेश ल्याइने बताएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानमा रहेका सबै नागरिकलाई स्वदेश ल्याइने बताएका हुन् । तालिवानले भने उद्धारको पर्खाइमा रहेका मानिसलाई विमानस्थलमा आउन नदिएको खबर बाहिरिएको छ ।

राष्ट्रपति वाइडन अगष्टको अन्तिमसम्ममा आफ्नो सबै सैनिक फिर्ता ल्याउन चाहन्छन् । अफगानिस्तानमा अझै करिब १५ हजार अमेरिकी नागरिक रहेको जनाइएको छ ।

तालिवानले मानिसहरुलाई एयरपोर्ट जानबाट रोकिरहेको छ । मंगलबार एयरपोर्टतर्फ गइरहेकालाई तालिवानले खुट्टामा गोली हानेको थियो ।

अन्य मुलुकले हाल अफगानिस्तानबाट आफ्ना नागरिकहरुलाई धमाधम उद्धार गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *