स्रोत नखुलेको भारतीय रुपैयाँ सहित ३ जना पक्राउ ।

ईशनाथ नगरपालिका -१ बन्जरा टोल बकैया बाधबाट स्रोत नखुलेको १ लाख ८३ हजार ५ सय भारतीय रुपैयाँ सहित बुधबार साँझ प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौर नगरपालिका-४ टिकुलिया बस्ने ३० वर्षीय सुखाडी सहनी लगायत २ जना रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बा.३९ प १६९१ नम्बरको मोटरसाइकललाई सिमा प्रहरी चौकी बन्जराहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त स्रोत नखुलेको रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *