मन्त्रीमाथि आक्रोश पोख्दा

काठमाडौं : संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराईले ढिला गरेपछि उत्पन्न नेपालगञ्ज विबादबारे बुद्ध एयरले आफ्नो धारण सार्वजनिक गरेको छ । 

जारी गरिएको विज्ञप्तिमा भनिएको छ– बाहिरै निस्किएका यात्रुहरु भित्र पसेपछि पनि मन्त्रीमाथि आक्रोश पोख्दा विमानको एक भागतिर मात्र वजन धेरै भएकाले उडानमा समस्या आएको थियो । पछि मन्त्रीको टोलीको संयमताका कारण विबाद छिटै साम्य भएपछि बुद्ध एयर १९: ०४ बजे विमान उडेको थियो । घटना घटेको २ दिनपछि सार्वजनिक गरिएको विज्ञप्तिमा  बुद्ध एयरले भनेको छ– मन्त्री योगेश भट्टराईले केहि ढिला गरेपछि उत्पन्न विबाद साम्य पार्न समय लाग्दा उडानमा थप ढिलाइ हुन पुग्यो ।

बुद्ध एयरका अनुसार मन्त्री भट्टराई १८: ५० बजे विमानस्थलमा आइपुगेका थिए ।  उनी १५ मिनेट ढिलो आइपुगेको भन्ने भनाइ नै गलत थियो भने ज्ञान बहादुर शाही (ज्ञानेन्द्र)ले भनेजस्तो १ घन्टा ढिलो पनि भएको हैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *