मुख्य नाकामा भिडभाड,मटेरुवा र दरैया लागुऔषध र तस्करीको अड्डा

कटवाल दिपक
विराटनगर । नेपाल भारत सिमामा पर्ने विराटगगर जोगवनी नाका कोरोना माहामारीका कारण लामो समय बन्द भयो । कोरोना माहामारीका कारण लामो समय बन्द भएको नाका साउन २७ गते (१८ महिना पछि) पैदल यात्रीहरुका लागि खुल्ला गरियो । तर माहामारीको त्रास भने अझै कायम नै रहिरहेको अवस्था छ । स्वास्थ्य मापदण्ड नअपनाई हुने आवतजावतले थप जोखिम बढेको छ ।

पैदल यात्रीहरुका लागि खोलिएको नाकामा सयौको संख्यामा कार , वाइक, सिटी लिएर जानेहरुको लर्को लाग्ने गरेको छ । पैदल यात्रीहरुका लागि मात्र खोलिएको नाकामा दैनिक ५०० भन्दा बढी कार, वाइक सिटी रिक्सा जाने गरेका छन जस्का कारण सिमानाकामा दैनिक भिडभाड हुने गरेको छ । तर मुख्य नाका खुल्ला भएपनी लागुऔषध प्रयोगकर्ता र तस्करहरुले मटेरुवा र दरैया नाका प्रयोग गर्ने गरेका छन् । मुख्य नाकामा भिडभाड हुने भएका कारण तस्करहरुले भित्रिबाटो बाट सामान ओसार पसार गर्ने गरेको पाइएको छ । लागुऔषध प्रयोगकर्ताहरु दरैया र मटेरुवा नाकाबाट सहजरुपमा नेपाल भारत आवतजावत गर्छन् । मुख्य नाकामा हेल्प डेक्स स्थापना गरिएको भएपनी नेपाल र भारतका विभिन्न स्थानबाट आउने मानिसहरू भित्रिबाटोकै प्रयोग गर्छन् ।

सिमानाकामा बसेका सुरक्षाकर्मीले पनि विभिन्न स्थानबाट आएका नागरिकलाई हेल्प डेक्स तर्फ नपठाएर खुल्ला नाकाबाटै सिधै नेपाल प्रवेश गर्न दिने गरेका छन् । सिमानाकामा रहेका सुरक्षाकर्मीले केही रकम लिएर उनिहरूलाई सहजै प्रवेश दिने गरेको आरोप समेत लाग्ने गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले बजार पसल भने हिजो बाट साँझ ८ बजेसम्म मात्र खोल्न दिने गरेको छ । तर, सिमानाकाबाट हुने असुरक्षित आवतजावतमा भने कडाई गर्न चासो देखाएको छैन् जस्का कारण सिमानामा भिडभाड बढिरहेको छ। खुल्ला सिमानाकाबाट हुने असुरक्षित आवतजावत रोक्न प्रशासन कार्यालय नै मौन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *