बाह्र्र बर्ष देखी अलपत्र विराटनगरको पशु बधशाला

 

विराटनगर, २५ साउन । विराटनगरमा निर्माणधिन पशु बधशाला बाह्र्र बर्ष देखि अलपत्र छ । वि।सं। २०६६ सालबाट विराटनगर–८ स्थित मधुमारामा बधशालाको निमार्ण शुरु गरिएको थियो । तर, अहिलेसम्म बधशालाले पुर्णता पाउन सकेको छैन् ।

 

पशुपंक्षी बजार प्रवद्र्धन निर्देशनालयको ६० लाख र तत्कालीन विराटनगर उप–महानगरपालिकाको ३८ लाख बजेटमा २०६६ सालबाट बधशाला निर्माणको कार्य सुरु भएको थियो । तर, लामो समयसम्म बधशाला निर्माणमा महानगरले ध्यान नदिदाँ स्वस्थकर मासु खान पाउने महानगरबासीको सपना सपनामै सिमित भएको छ ।

न्यूनतम मापदण्डसमेत पूरा नगरी सञ्चालन गरिएका फ्रेश हाउसबाट अस्वस्थकर मासु खान बाध्य उपभोक्ताहरूले महानगरले बधशालाई पुर्णता दिन्छ र रु भन्ने प्रश्न गर्न थालेका छन् । एक दशक भन्दा बढी समय देखि अलपत्र छाडीएको बधशाला पछिल्लो समय जिर्ण बन्दै गएपछि स्थानिय चिन्तित भएका छन् ।

 

अलपत्र छाडीएको बधशालामा पछिल्लो समय लागुऔषध प्रयोग गर्नेको संख्या पनि बढिरहेको स्थानियले बताए । बधशाला जाँड, रक्सी, चुरोट र गाँजा खाने देखि दिसापिसाव गर्ने स्थलको रुपमा परिणत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *