खराब मौसमको कारणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान तथा अवतरण दुवै प्रभावित बनेको छ ।
बिहानै देखिको बाक्लो हुस्सु र कुहिरो लागेका कारण भिजिविलिटी न्युन भएकाले विमान उडान अवतरण दुवै बन्द गरिएको विमानस्थल स्रोतले जनाएको छ ।
विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीले हुस्सुका कारण तीन किलोमिटर मात्र भिजिबिलिटी भएकोले सबै उडान तथा अवतरण ठप्प पारिएको बताएका छन् ।
सोही कारणले कतार एयरको विमान कोटेश्वर आएपछि डाइभर्ट गर्नुपरेको पनि क्षेत्रीले बताएका छन् ।
Comments