भारतबाट तीन दिनदेखि माछा आयात ठप्प

विराटनगर-

विराटनगर भन्सार कार्यालय हुँदै भारतबाट तीन दिनदेखि माछा आयात हुन सकेको छैन । नियमित रूपमा आयात हुँदै आएको माछा तीन दिनदेखि रोकिएको पशु क्वारेन्टाइन कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयबाट दैनिक सरदर ७ सय केजी माछा आयात हुँदै आएको थियो । तर, तीन दिनदेखि माछा आयात भएको छैन । पशु क्वारेन्टाइन पशु चिकित्सक अरविन्दकुमार मण्डले भन,े भदौ २८ देखि माछा परीक्षणको लागि आएको छैन । भारतबाट माछा आयात गर्दा ‘एनिमल क्वारेन्टाइन सर्टिफिकेट’ लिएर मात्र आयात गर्न पाइने व्यवस्था छ ।

भारतको कलकताबाट माछा ल्याउँदा उक्त सर्टिफिकेट भएकाले मात्र ल्याउन पाउने मण्डलले बताएका छन । माछाको गुणस्तर कलकत्तामा परीक्षण हुन्छ । माछा आयातमा सरकारको तर्फबाट कुनै रोकावट नभएपनि माछा आयात कर्ताको पशु क्वारेन्टाइन सर्फिकेटको म्याद सकिएकोले रोकिएको हुनसक्ने उनले बताएका छन ।

भन्सारबाट साउन महिनामा खाने माछा मुग्री, नैनी, जलकपुरलगायत गरी ४३ हजार ४ सय ४ केजी माछा आयात भएको थियो । भदौ महिनाको २८ गतेसम्म ५२ हजार ३ सय ५९ केजी माछा अयात भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *