हेमराज विसी निर्देशित फिल्म ‘घामड शेरे’को पोस्टर रिलीज

हेमराज विसी निर्देशित फिल्म ‘घामड शेरे’को पोस्टर रिलीज भएको छ । यो फिल्ममा रियल जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का प्रमुख भूमिकामा छन् तर सोमबार रिलीज पोस्टरमा भने निश्चल मात्र देखिएका छन् ।

फिल्म ‘दुई रुपैयाँ’ मा समावेश सुपरहिट गीत ‘कुटुमा कुटु’ मा निश्चल र स्वस्तिमाले साथमा ठुम्का लगाए पनि फिल्ममा भने अहिलेसम्म रोमान्स गरेका थिएनन् । ‘घामड शेरे’ मा उनीहरु श्रीमान्(श्रीमतीको भूमिकामा छन् । फिल्मको अधिकांश छायांकन सुर्खेतमा भएको छ ।

यो फिल्म रोमान्टिक–कमेडी जनरामा फिल्म निर्माण भएको बताइएको छ । निश्चल र स्वस्तिमाका अलावा फिल्ममा सुष्मा निरौला र लोकेन्द्र लेखकको पनि अभिनय रहेको छ । निर्देशक विसीको होम प्रोडक्सन कम्पनी विसी मोसन पिक्चरको ब्यानरमा यो फिल्म निर्माण भएको हो । नरेन्द्र मैनालीले फिल्म खिचेका हुन् । पोस्टरमा यो फिल्म आउँदो कार्तिक ८ गते प्रदर्शनमा आउने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *