सोलुमा विदेशी नागरिकको मृत्यु,

सोलुखुम्बु-

सोलुमा एक जना विदेशी नागरिकको मृत्यु भएको छ भने ७ जना बिरामी परेका छन् । सोलुखुम्बु भ्रमणमा आएका ३३ वर्षीय गोविन्द लेखमनको मृत्यु भएको हो भने अन्य ७ जना बिरामी परेका हुन् ।

केन्याबाट नेपाल भ्रमणको लागि आएका लेखमनको गत २९ गते माहाकुलुङ गाउँपालिका–१ थाङ्नेस्थित मेरा गेष्ट हाउसमा बसेको अवस्थामा बिरामी भई मृत्यु भएको हो । साथै सोही गेष्ट हाउसमा बसेका अन्य ७ जना पर्यटकसमेत बिरामी परेका छन् ।

मृतक र बिरामी सातै जनासहित १ जना गाईडलाई रेस्क्यु गरी आज बिहान साढे ६ बजेको समयमा कैलास र डाईनेस्टिक हेलीकप्टरद्वारा काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *