राजन बिष्ट, साउदि,
अमेरीकामा बसोबास गर्दै आएका बरीष्ठ समाजसेवी हेम थापाको बिरोधि हरुले चरीत्र हत्या गर्न सामाजीक संञ्जालको दुरुपयोग गरेको भन्दै थापाले आपत्ती जनाएका छन् । प्रदेश वान अनलाईन संग कुरा गर्दै उनले आफुले गरेको निस्वार्थ समाजसेवाको बिषयलाई लिएर बिरोध गर्नेहरुले बिभिन्न फेसबुक आइडि बनाई अस्लील गाली गर्ने र चरीत्र हत्या गरेको बताए ।
आफुले अहिलेको अवस्था सम्म कुनैपनी गलत कार्यनगरेको र समाजको लागी अग्रसर भइरहँदा समेत चरीत्र हत्या भएको बताएका हुन् । सामाजीक संञ्जाल फेसबुकमार्फत रेञ्जो सुवेदि खत्री नामक फेसबुक आइडि https://www.facebook.com/profile.php?id=100033383658585 बाट चरीत्र हत्या हुनेगरी गरेको गालीले आफ्नो दैनिकिमा र शुभ चिन्तक हरुमा समस्या परेको समेत बताए ।
उक्त फेसबुक मा लेखिएको छ सक्छस् भने ९८१०५१७६२१ नम्बरमा फोन गर समेत भनिएको छ । बरीष्ठ समाजसेवी हेम थापाले हाल सम्म नेपाली असायहरुलाई तिनकारोड भन्दा बढि सहयोग गरीसकेका छन् ।
नेपाल बाट संञ्चालन भएको उक्त फेसबुक आइडि लाई अहिले सम्म प्रहरीले कुनैपनी कानुनि दायरामा ल्याउन सकेको छैन । बिभिन्न संञ्चार माध्यमबाट चरीत्र हत्याको बिषयमा बाहिर आएको भएपनी प्रहरीले कुनै कारबाहि गर्न सकेको छैन ।
नेपालबाट बरीष्ठ समाजसेवी हेम थापाको आफन्त हरुले प्रहरीलाई जनकारी गराएको भएपनी अहिले सम्म चरीत्र हत्याको श्रृङखला घटेको छैन । नेपालमा भर्खरैमात्र तयार भएको साइबर क्राइम अपराध नियन्त्रण ब्यूरोले समेत चरीत्रहत्या गर्ने माथि कारबाहि गर्न सकेको छैन ।
Comments