साउन १ देखि लागु तलबमा अनिवार्य प्यान र ढुवानी साधनको अनुगमन प्रणाली सर्याे तीन महिना पर

सरकारले साउन १ देखि लागु गरेको तलबमा अनिवार्य प्यान र ढुवानी साधनको अनुगमन प्रणाली भिसिटिएसको नियमलाई तीन महिना पर सारेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल घरेलु उद्योग महासंघको टोलीसँग यो व्यवस्था कार्यान्वयन गर्नको सरकारले तीन महिनाको समय थप गरेको जानकारी दिएका छन् ।

अर्थमन्त्रीसँगको भेटपछि महासंघले जारी गरेको विज्ञप्तीमा तीन महिनासम्म अहिलेको व्यवस्था लागु गर्दा कुनै कारवाही नहुँने अर्थमन्त्रीले प्रतिबद्धता जनाएको उल्लेख गरीएकोछ । अर्थमन्त्री डा युवराज खतिवडाले प्यान, बैंक खातामार्फत तलब भुक्तानी, भिसिटिएस लगायतका अहिलेका नियमहरु केही समयका लागि लागु गर्न के कस्तो तयारी गर्नुपर्छ कार्यदलमार्फत सम्बोधन गरिने बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीसँग अर्थमन्त्रालयमा आयोजित अन्तरक्रियामा बोल्दै उनले अहिलेका प्रावधानहरु एकै पटक आएकाले समस्या जस्तो देखिएको भन्दै अर्थमन्त्री खतिवडाले यी प्रावधानहरु लागू गर्न मन्त्रालयले परीक्षण तथा प्रवद्र्धनको समय राखेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *