आकस्मिक अवतरण गराइएको यात्रुलाई स्थानीयले खाना खुवाए

काभ्रे
मौसम खराबीका कारण काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गराइएको ७ वटा हेलिकप्टरमा रहेका यात्रुलाई स्थानीयले खाना खुवाएका छन् ।

लुक्लाबाट काठमाण्डौ आएको मनाङ, सिम्रिक र कैलाश एअरको हेलिकप्टर मौसम खराबीका कारण आकस्मिक रुपमा काभ्रेको पाँचखालस्थित धानबारीमा अवतरण गर्नु परेको थियो ।

धानबारीमा अवतरण गर्नु पर्दा अलपत्र परेका यात्रुहरुलाई पाँचखाल नगरपालिका २ तिनकुनेका महेश आचार्य र हर्सेका साधुराम सापकोटाले खानको व्यवस्था गरेको वडा अध्यक्ष हरि खतिवडाले जानकारी दिनुभयो ।

मौसममा अझै सुधार नआएकाले हेलिकप्टर अझै उड्न सकेको छैन । सिम्रिक एअरको हेलिकप्टर उडाउन खोजे पनी नसकेपछि फेरि पाँचखालकै ढुङ्गानाबेसीमा अवतरण भएको छ ।
मौसम सुधार नभए नगरपालिकाले गाडीको व्यवस्था गरी पर्यटकलाई काठमाण्डौ पठाउने तयारी भएको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *