साम्राज्ञी र प्रदीपको जोडी हेमराज बिसीको निर्देशनमा निर्माण हुने चलचित्रमा अनुबन्धित

काठमाडौं –
पछिल्ला केही समययता नायीका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक प्रदीप खड्काको माग निकै नै बढ्दो छ । लगातार एक पछि अर्को गर्दै फरक चलचित्रमा व्यस्त यी दुई चलचित्रकर्मीलाई एउटै पर्दामा हेर्ने दर्शकको रहर खासै पुरा भएको छैन ।

एक वर्षअघि हेमराज बिसीको निर्देशनमा निर्माण हुने भनिएको प्रेमकथामा आधारित चलचित्रमा साम्राज्ञी र प्रदीपको जोडीलाई अनुबन्ध गरिएको थियो । तर विभिन्न कारणले चलचित्र निर्माण हुन सकेन । हेमराज निर्देशितचलचित्र ‘दि ब्रेकअप’ उनी ‘घामड शेरे’तिर लागेका थिए । यी दुई कलाकारलाई लिएर निर्माण गर्ने भनिएको चलचित्र बिचमै रोकिएको थियो । अब भने दर्शकको चाहना पुरा हुने पक्का जस्तै भएको छ । निर्माण टिम र कलाकारबिच प्रोजेक्टको विषयमा कुरा गर्दै चलचित्रको काम अगाडि बढ्ने निश्चित भएको हो ।

उक सुचना अनुसार पुरानो स्क्रिप्ट बदर गर्दै अब चलचित्रको नयाँ स्क्रिप्ट तयार गरिनेछ । अभिनेता प्रदीपले ‘प्रेमगीत ३’को काम सकेपछि यो चलचित्रको छायाङ्कनमा लाग्ने बताएका छन् । उता साम्राज्ञी पनि लगभग तयार नै छिन् । नेपाली चलचित्र बजारमा यी दुई जनाको निकै चर्चा छ । तथापी यी दुईको केमेस्ट्री हेर्न लायक हुने अनुमान लगाउन सकिन्छ ।

नायीका सामाज्ञीले यस अघि धेरै चलचित्रमा अभिनय गरिसकेकी छिन भने उता नायक प्रदिप खड्काले पनि उतकै चलचित्रमा अभिनय गरिसकेका छन् । प्राय जसो प्रदिपले एक्टिङ गरेका चलचित्र त्याति सारो नचलेता पनि साम्राज्ञकिो अभिनयमा बनेको चलचित्र भने निकै चल्ने गरेको छ । यद्यपि प्रदिले अभिनय गरेका चलचित्र सुन्य रुपमा नै नचल्ने भन्ने छैन ।

यसमा यो समाचार पढेपछि प्रदिपलाई नर्मस फिल हुन सक्छ तर दर्शकको विश्लेषण अनुसार हामीले यो समाचार तयार पारेका छौं । विशेष गरेर अधिकांश दर्शकहरुलाई साम्राज्ञी अभिनित चलचित्र प्राय मन पर्छ । तर अव साम्राज्ञी र प्रदिपको जोडीमा बन्ने नयाँ चलचित्रले दर्शक समक्ष कस्तो कस्तो छाप छोड्ला त्यो भने चलचित्र पदर्शन पछि नै थाहा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *