मौसममा आएको खराबीले उडान नहुँदा लुक्लामा तीन सय बढी विदेशी पर्यटक अलपत्र

सल्लेरी-
तीन दिनदेखि मौसममा आएको खराबीले उडान नहुँदा लुक्लामा तीन सय बढी विदेशी पर्यटक अलपत्र परेका छन् । लगातारको वर्षा र हुस्सुका कारण उडान हुन नसक्दा पर्यटक अलपत्र परेको नागरिक उड्‍डयन प्राधिकरण लुक्ला कार्यालयका प्रमुख इमानाथ अधिकारीले बताए ।

उनका अनुसार लुक्लामा अहिले पनि पानी परिरहेको छ । सगरमाथा बेश क्याम्पबाट काठमाडौं फर्किन लागेका ३ सय बढी पर्यटक उडान अवरुद्ध भएपछि ३ सय जति विदेशी लुक्लामै रहेको अधिकारीले जानकारी दिएका छन । उनले भने, विदेशी तथा नेपाली समेत गरी लुक्लामा ४ सय जना जति रोकिएका छन् । मंगलबार सुर्केबाट पर्यटक बोकेर उडेका हेलिकप्टर खराब मौसमका कारण सिन्धुली, रामेछाप र काभ्रेमा अवतरण भएका थिए ।

लुक्लाबाट तीन दिनदेखि उडान हुन सकेको छैन। लुक्लाबाट डेढ घण्टा तल रहेको सुर्केतमा समेत वर्षाका कारण उडान हुन सकेको छैन। मौसम नखुलेपछि एउटा हेलिकप्टर लुक्लामै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *