लेक लागेर पर्यटकको मृत्यु

सोलुखुम्बु-

मेरापिक क्षेत्र भ्रमणमा आएका एकजना पर्यटकको लेक लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय मूलका ३३ वर्षीय गोविन्द लखमान रहेको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ । करिब ४ हजार २ सय मिटरको उचाइमा लेक लागेर ती पर्यटकको मंलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।

यसैबीच लेक लागेर बिरामी परेका आठजनाको उद्धार गरिएको छ । बिरामी भई अलपत्र परेका ७ विदेशी र एक नेपालीसहित ८ जनाको भने उद्धार गरिएको हो । उद्धारपछि उनीहरुलाई कैलाश र डाइनेष्टि एयरका हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *