धरानमा आएको बाढीले पहिरो जादा घर बगायो

धरान
धरान उपमहानगरपालिका ४ स्थित निशाने खोलामा आएको बाढीले एक घर बगाएको छ। मंगलबार राति आएको पहिरोले स्थानीय भक्तबहादुर राईले संचालन गर्दै आएको एवान होटलसहितको घर बगाएको हो।

कोसी लोकमार्गस्थित धरान भेडेटार सडकखण्डमा बाढीपछि गएको पहिरोका कारण होटलसहितका अन्य पाँच घर उच्च जोखिममा परेका छन्। घरमाथिबाट पहिरो जानथालेपछि स्थानीय देविका राई, सन्तोष राई, उत्तरुमाया राई, पुजा राई र अर्जुन राईले संचालन गर्दै आएका होटलसहितका घर जोखिममा रहेको इलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख हेमराज ओलीले जानकारी दिएका छन।

उनले पहिरोको उच्च जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सारिएको बताए। पहिरोकै कारण निशान खोला नजिकैकै सडकसमेत कटान हुन थालेको छ। पहिरोले धरान धनकुटा सडकखण्ड अन्र्तगत निशाने खोला नजिकैको सडकसमेत कटान गर्न थालेकाले यसको बेलैमा नियन्त्रण गर्न स्थानीयले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *